नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेको निर्णय क्वारेन्टाईनकालागि पार्टी कार्यालय उपलब्ध गराउने

कोहलपुर   
२०७६,चैत ९

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले कोरोना भाईरस रोकथामकालागि आवश्यक पहल गर्ने भएको छ । आईतबार बसेको नेकपा बाँकेको बैठकले कोरोना माहामारी नियन्त्रणकालागि ५ बुँदे महत्वपूर्ण निर्णय गरेको हो ।नेकपा बाँकेले कोरना महामारिका कारण पार्टी तथा जनसंगठनका सम्पुर्ण कार्यक्रम चैत्र २१ गतेसम्म स्थगित गरेको छ । साथै सरकारको आवश्यकता अनुसार नेकपाको नेपालगन्ज र कोहलपुरमा रहेको पार्टी कार्यालयलाई क्वारेनटाईनका लागि उपलब्ध गराउने निर्णय समेत गरीएको नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले जानकारी दिए ।यसका अलावा कोरोनाको प्रभाव नियन्त्रणकालागि आवश्यक आर्थिक लगाएत अत्यावश्यक सामग्री तत्काल ब्यवस्था गर्न केन्द्रीय र प्रदेश सरकारलाई अनुरोध गर्ने, स्वयं सेवाका रुपमा युवा संघ तथा अनेरास्ववियुलाई परीचालन गर्ने तथा सरकारका निर्णयहरूलाई कडाईका साथ पालन गर्न सम्पुर्ण संघ संस्था र आम नागरिकलाई आग्रह गर्ने निर्णय गरीएको नेकपा बाँकेप्रचार विभागका प्रमुख प्रमोद धितालले जानकारी दिए ।

 

सम्बन्धित खवर

Back to top button