सावारी दुर्घटनामा स्वास्थ्यकर्मी शोभा के .सी.को मृत्यु : ज्यान बचाउनेले नै ज्यान लिए


कोहलपुर १७ चैत : आज बिहान १० बजेतिर नेपाल रेडक्रस सोसाइटी भे१च८२४ न. बार बर्दियाको एम्बुलेन्सको ठक्करबा बैजनाथ गाउँपालिका पि एस सिमा कार्यरत कालिकोट निवासी २८ नर्स शोभा केसिको मृत्यु भएको छ ।
विहान डिउटीमा जानेक्रममा दसबिगाह भन्दा १०० मिटर पुर्वको चोकमा बिपरित दिशाबाट आएको र मोटर साईकल र मेडिकल कलेज बाट नेपालगंज तर्फजादैगरे को एम्बुलेन्सको ठक्करले उनको मृत्यु भएको हो भने उनि सवार मोटरसाइकल चालक कालिकोट जिल्ला नरहरी गाउँपालिकाका डन्डी विक्रम विष्ट भने गम्भिर घाइते भएका छन् ।
एम्बुलेन्स चालक बारबर्दिया नगरपालिका ६ का राम बहादुर थारुलाई भने सामान्यचोट लागेको जनाइएको छ।



ज्यान बचाउनेले नै ज्यान लिएको उक्त घटना संयोग नै भएपनी यस्तो विषम परिस्थितिमा कर्मचारीलाई बिना कुनै सेफ्टी जबर्जस्ती काममा खटाएको , स्वास्थ्य संस्थामा भएका सवारी साधनको पनि उपयोग नगरेको र स्वस्थ कर्मिमाथि ठूलो लाहाप्रबाही गरेको र घटान हुनुमा मुख्य दोषी स्वास्थ्य चौकी प्रमुख र सरकार जिम्मेवार रहेको भनी स्थानीयले आरोप लगाएका छन् । यति सुनसान सडकमा लाहप्रबहीपूर्ण तरिकाले ज्यानै लिने गरी एम्बुलेन्स चलाउने चालक लाई हदैसम्मको कारबाही हुनुपर्ने माग समेत गरेका छन्।








