यहीँ भीडमा कोरोना सं’क्रमित नाराबाजीमा थिए


काठमाडौं : कैलालीका २१ वर्षीय कोरोना सं’क्रमित युवक कोरोना भाइरसको सं’क्रमण फैलिन नदिन चैत ११ गतेबाट देशव्यापी लकडाउन गरेपछि गौरीफन्टा नाका भएर घर फर्किएको खुलासा भएको छ । चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टा नाकामा ना’राबाजीमा उत्रिएको भीडमा उनी सहभागी रहेको कैलाली प्रहरीले पुष्टि गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदीप गिरीले सं’क्रमित पुष्टि भएका युवक चैत ११ गते गौरीफन्टा नाकामा भएको नाराबाजीमा सहभागी रहेको पाइएको पुष्टि गरे । “भारतको मुम्बईको एक होटलमा काम गर्ने रहेछन् । सरकारले लकडाउन गरेको भोलिपल्ट गौरीफन्टा नाकामा नेपाल प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराबाजीमा उत्रिएको हजारभनदा बढीको हुलमा उनी पनि थिए,” गिरीले भने ।



उक्त दिन भारतबाट फर्किएका एक हजारभन्दा बढी नेपालीले सुरक्षाकर्मीमाथि ढुंगामुढासमेत गरेका थिए । ढुंगामुढा भएपछि प्रहरी बल प्रयोग गर्नुपरेको थियो । सोही दिन कैलालीको पूर्वी सहर लम्की पुगेका ती युवकलाई अर्को दिन बिहान लम्कीचुहा नगरपालिका ९ मा रहेको सरस्वती माध्यमिक विद्यालय, प्रतापपुरमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको थियो ।








