लकडाउनलाई थप कडाइ गर्ने निर्णय


काठमाडौं : सरकारले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले कोरोना रोकथाम र नि’यन्त्रणको लागि लकडाउनको पूर्ण पालना नै राम्रो विकल्प भएको भन्दै कडाइ गर्ने भएको हो ।
एक प्रदेशबाट अर्को प्रदेशमा जान नि’धेष गरिएको छ । यस्तै एउटा जिल्लाबाट अर्को जिल्लामा जान र एक पालिकाबाट अर्को पालिकामा जान पनि नि’धेष गरिएको छ ।



यस्तै कैलाली, कञ्चनपुर र बागलुङमा स’ङ्क्रमित देखिएकाले ती जिल्लामा धेरै व्यक्तिको छिटोभन्दा छिटो परीक्षण गर्ने निर्णय भएको छ ।
यस्तै स्वास्थ्यकर्मीलाई बीमा र प्रोत्साहन भत्ताको साथै स्वास्थ्य सुरक्षाका उपकरण छिटो उपलब्ध गराउने, पूर्णरुपले सुरक्षित बनाएर मात्रै उपचारमा लगाउने निर्णय भएको छ । स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्याउनेलाई तत्कालै का’रबाही गर्ने निर्णय भएको छ ।








