कोरोनाभाइरस: न्यूयोर्कमा मात्रै ३,५०० को मृत्यु


कोहलप
२०७६,२३ चैत्र



अमेरिकामा सङ्क्रमितको सङ्ख्या बढेर तीन लाख नाघेको कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमणको आँकडा राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।त्यसमध्ये एक तिहाइ न्यूयोर्क राज्यमा मात्र छन्। जुन इटलीको हाराहारीमा छ।त्यहाँ मर्नेको सङ्ख्या ३,५६५ पुगेको छ। न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले त्यहाँ सङ्क्रमणको उच्च विन्दु आगामी ४ देखि १४ दिनमा पुग्ने ठानिएको बताए।








