कैलालीसँग सीमा जोडिएको बर्दियाका सबै नाका बन्द

कोहलपुर
२०७६,२३ चैत्र

 

बर्दिया जिल्लाको छिमेकी जिल्ला कैलालीमा दुई जना र कन्चनपुरमा एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएसंगै बर्दियामा थप उच्च सतर्कता अपनाइएको छ ।बर्दियाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकासँग सीमा जोडिएका कैलालीका सबै सीमामा उच्च सर्तकता अपनाउँदै सीमा नाका बन्द गरिएको जनाईएको छ । पैदल होस् या सवारी साधनमा कसैलाई पनि प्रवेश गर्न नदिने कैलाली जिल्लासंग जोडिएका बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकाका नगरप्रमुखले बताउनु भएको छ ।बर्दिया र कैलालीसंग जोडिएका सीमा नाका बन्द गरिएको नगरप्रमुखद्धयले बताउनुभएको हो । कैलालीको टिकापुर सीमासंग जोडिएको हुलाकी सडकमा पर्ने बर्दियाको राजापुरले टिकापुरको सतिघाट पुल नाका बन्द गरिएको राजापुरका नगर प्रमुख शिवप्रसाद थारुले बताउनुभयो ।यसैगरी पुर्व पश्चिम राजमार्गमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाको कर्णाली चिसापानी पुल र कैलालीको लम्कीचुहा नगरपालिकासंग सीमा जोडिएको नाका पूर्ण रुपमा बन्द गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घनानारायण श्रेष्ठले जानकारी दिनुभयो ।दुबै नगरपालिकाका नगरप्रमुखले सीमा नाका बन्द भएको सामाजिक संजाल फेसवुक मार्फत पनि जानकारी दिनुभएको छ ।

सम्बन्धित खवर

Back to top button