बाघको आ’क्रमणबाट पूर्वसांसद सरद भण्डारीको आमा गम्भीर


अछाम २३ चैत : अछाम जिल्लाका पूर्व सांसद सरद्सिंह भण्डारीको आमालाई जंगली बाघले आ’क्रमण गरेको छ । उनलाई आज बिहान करिब साढे छ बजेतिर आ’क्रमण गरेको हो । सांसद भण्डारीको आमा कमलबजार नगरपालिका वडा नम्बर ५ की अन्दाजी ७० बर्सिय बेला देबि भण्डारी बाघको आ’क्रमणबाट गम्भीर घा’इते भएकी छन् ।
बाख्रा हुलेको गोठमा बाघ पसेपछि बाघलाई भगाउन जाँदा बाघले आ’क्रमण गरेको हो । आ’क्रमण बाट उनको टाउकोमा गहिरो घा’उ बनेको प्रहरीले जनाएको छ ।



अहिले बिनायक स्वास्थ्य चौकीमा सामान्य उपचार भइरहेको छ । केही बेरमै थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौ लिने तयारी भइरहेको अछामका प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।








