सं’क्रमित नजिकका सबैको ‘कन्ट्रयाक ट्रेसिङ’

काठमाडौं, २६ चैत : कोरोना भाइरस (कोभिड-१९) बाट सं’क्रमित भएकाहरुका नजिकका सबै व्यक्तिको ‘कन्ट्रयाक ट्रेसिङ’ गरेर सकिएको छ । सरकारले कोरोना सं’क्रमित नजिकका मानिसहरुसंँगको ‘कन्ट्रयाक ट्रेसिङ’को काम सकिएको जनाएको हो ।

अहिलेसम्म सं’क्रमण पुष्टि भएका ८ जनाकै नजिकका मानिसहरुको कन्ट्रयाक ट्रेसिङको काम विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको मा’पदण्डअनुसार सकिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले जानकारी दिए ।

त्यस्तै उनले हालसम्म कुल दुई हजार तीन सय ६६ वटा नमुना परी’क्षण गरिएको बताए । मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकारसम्मेलनमा प्रवक्ता देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्र’योगशालामा एक हजार ९ सय ६५ वटा र काठमाडौं उपत्यकाबाहिर चार सय एक वटा टेष्ट गरिएको बताए।

आजसम्म देशभर ८ हजार ५ सय ८० जना क्वारेन्टीनमा रहेको उनले बताए। उनका अनुसार आज काठमाडौंमा १२ जना र बाहिर १२२ जना गरी कुल एक सय ३४ जना आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयले र्‍यापिड टेष्ट किटबाट पनि प’रीक्षणको दायरा वढाउदै गएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्।

हिजोदेखि कैलाली र कञ्चनपुरमा खटिएको टोलीले १ सय ९८ वटा नमुना संकलन गरेको छ । त्यसैगरी अछाम, जुम्ला र सुर्खेतलगायतका जिल्लाहरुबाट ८ सय २ वटा स्वाबका नमुना पिसिआर टेष्टका लागि काठमाडौं ल्याइसकिएको छ ।

यस्तै दिपायलमा आज बिहानदेखि टोली नमुना संकलनको काममा रहेको उनले बताए। त्यहाँ तीन सय नमुना संकलन गर्ने लक्ष्य छ ।

यसरी काठमाडौंबाहिर पनि नमुना प’रीक्षणको दायरा वढाउंँदै गएको उनले बताए । त्यस्तै, हालसम्म दुइवटा कल सेन्टरमा आएका फोनमध्ये ३ हजार ३ सय ६ सम्बोधन गरिएको छ।

पछिल्लो २४ घण्टामा वेब पेज र मोबाइल एपमा ८ सय २९ जनाले आफ्ना लक्षणहरुसहित विवरण भरेका छन् । तीमध्ये ३ जना मात्र रे’ड जोनमा रहेका छन्।

सम्बन्धित खवर

Back to top button