कालीमाटी तरकारी तथा फलफूल बजार बन्द


काठमाडौं : काठमाडौंको कालीमाटीस्थित रहेको तरकारी तथा फलफूल बजार आजदेखि बन्द हुने भएको छ। महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नि’यन्त्रण गर्न लागि कालीमाटी तरकारी तथा फलफूल बजार बन्द गर्ने भएको हो ।
बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै गरिन्छ । महानगरपालिकाले बन्दाबन्दी अवधिभर र कोरोना भाइरस नि’यन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरेको छ।



महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले काठमाडौंंको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध गर्नेगरी तयारी भएको जानकारी दिए । उनले कालीमाटी बजारमा बाहिरबाट भित्रिएका सबै तरकारी स्टोर गरिन्छ र तिनै तरकारी थोक व्यापारी मार्फत महानगरपालिकाले तोकेका बिक्री केन्द्रमा लगेर बिक्रीको प्रबन्ध मिलाइने बताए ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बन्दाबन्दीका बेला भी’ड बढेर कोरोनाको जो’खिम हुने ख’तरा देखिएपछि महानगरपालिकाको निर्णयलाई सहयोग हुनेगरी केही समयका लागि तरकारीको कारोबार बन्द गर्न लागिएको जानकारी दिए।








