लकडाउनमा फसेकालाई काठमाडौं बाहिर जान दिने निर्णय

काठमाडौं, २७ चैत : नेपाल सरकारले काठमाडौं उपत्यकाबाट बाहिर जान चाहने मानिसहरुका दुई दिनको अवधि खुला गरेको छ । सरकारले लकडाउनका कारण काठमाडौंमा रहेकालाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

बिहीबार रक्षा मन्त्रालयमा बसेको मन्त्रीहरूको बैठकले मापदण्ड बनाएर दुई दिन उपत्यकाबाहिर जान चाहनेलाई जान दिने निर्णय गरेको हो।

लक डाउनको बेला मानिसहरू हिँडेरै टाढा-टाढा आफ्नो गृहजिल्ला जाने गरेपछि सरकारले दुई दिन उपत्यका बाहिर जान दिने भएको हो। 

यो अवधि काठमाडौं उपत्यकाभित्र आउन भने पाइने छैन । बाहिर जान चाहनेलाई स्थानीय तहसँग समन्वय गरी पठाउन लागिएको रक्षा मन्त्रालयले जानकारी दिएको छ।

सम्बन्धित खवर

Back to top button