कोरोना भाइरसको औषधी खोजी भैरहेको छ -ट्रम्प


काठमाडौं, २८ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको औ’षधीको खोजी भैरहेको बताएका छन् । कोरोना भाइसको पुनः सं’क्रमण हुन नदिन औ’षधीको खोजी भइरहेको बताएका हुन् । उनले प्रेस व्रिफिङमा उक्त औ’षधी कम्पनी फाइजरले कोरोनाको सं’क्रमण पुनः दोहोरिन नदिन नयाँ उपचार खोजिरहेको बताएका हुन् ।

यो उपचारको प’रीक्षण तत्काल सुरु हुने पनि उनले जनाएका छन् । यो उपचार पद्धती सफल भए दोस्रोपटक कोरोनाको सं’क्रमण देखिने छैन । उक्त प्रे’स ब्रिफिङमा अमेरिकामा दैनिक एक लाख व्यक्तिमा कोरोनाको परी’क्षण भइरहेको बताइएको छ । यो संख्यालाई अझै बढाउने प्रयासमा प्रशासन रहेको उल्लेख गरिएको छ ।
ह्वाइट हाउसका कोरोना भाइरस टास्क फोर्सका डाक्टर एन्थनी फाउचीले अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढ्नुमा सामाजिक दूरीको अस’र पनि मुख्य कारण भएको बताएका छन् ।











