औ’षधि र स्वास्थ्य सामग्री खरिद गर्दै नेपाली से’ना


काठमाडौं, ३० चैत : नेपाली सेनाले औ’षधि तथा स्वास्थ्य सामग्री खरिद गर्ने भएको छ । ओम्नी समूहले च’रम अनि’यमितता गरेको आ’लोचना बढेपछि सरकारले स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । सोही जिम्मेवारी अनुसार से’नाले औ’षधि तथा अन्य स्वास्थ्य सामग्री खरिद प्रक्रिया अगाडि बढाएको हो । छिमेकी भारत र चीनले कोरोना भाइरस रो’कथाम र नि’यन्त्रणका लागि आवश्यक औ’षधि र स्वास्थ्य उपकरण उपलब्ध गराउन सकिने लिखित जवाफ जंगी अड्डालाई दिएका छन्।
भारत स्वयं कोरोना भाइरस रो’कथाम र निय’न्त्रणका लागि सं’घर्षरत भएका कारण उसले ६० प्रकारका औ’षधि मात्रै दिन सकिने जवाफ दिएको छ। उसले स्वास्थ्य सामग्री भने दिन नसकिने बताएको छ । चीनले औषधि र स्वास्थ्य सामग्री दुवै दिन सकिने भनेको जनाएको छ । भारत र चीन दुवैले तत्काल उपलब्ध गराउन सकिने औष’धि र स्वास्थ्य सामग्रीको सूची पठाएको छ ।



तर, उनीहरूले सबै सामग्री एकै पटक पठाउन नसकिने भनेका छन्। भारत र चीन दुवै मुलुकले तत्काल उपलब्ध गराउन सकिने र पठाउन केही समय लाग्ने औष’धि तथा स्वास्थ्य सामग्रीको सूची जंगी अड्डालाई पठाएका हुन्। दक्षिण कोरियाले आफ्ना विभिन्न औ’षधि उत्पादन र उपलब्ध गराउने कम्पनीको नाम दिएको छ। उसले ती कम्पनीसँग आवश्यक परे समन्वय गर्ने जवाफ दिएको स्रोतले बताएको छ। सिंगापुर र इजरायलले भने कुनै जवाफ दिएका छैनन।
कोरोना भाइरस रो’कथाम र नि’यन्त्रणका लागि स्वास्थ्य सामग्री ल्याउँदा ओम्नी समूहले च’रम भ्रष्टा’चार गरेको भन्दै सरकारले उसँगको सम्झौता तो’डेको थियो । त्यसपछि चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा सेनालाई दिने निर्णय गरेको थियो। सरकारको निर्णयसँगै जंगी अड्डाले सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट औ’षधि तथा स्वास्थ्य सामग्री खरिद गर्न चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई लिखित पत्राचार गरेको थियो।
जंगी अड्डाले पठाएको पत्रबारे चीन र भारतले औष’धिलगायत अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउन सकिने जवाफ दिएको हो। जंगी अड्डाले बनाएको खरिद इकाइले तत्काल आवश्यक पर्ने औष’धि र स्वास्थ्य सामग्रीको सूची बनाइरहेको छ। उक्त खरिद इकाइमा स्वास्थ्य विभाग र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसमेत सम्मिलित छन्।
औ’षधि र स्वास्थ्य सामग्री आवश्यकताका आधारमा क्रिटिकल र प्रायोरिटी १,२,३ गरी ४ तहमा बाँडिएको छ। त्यस्ता औष’धि र स्वास्थ्य सामग्रीलाई ३६ वटा समूहमा विभाजन गरिएको छ। भारत र चीनले आफूहरूले तत्काल उपलब्ध गराउने औ’षधि र स्वास्थ्य सामग्रीको सूचीसमेत जवाफमा पठाएका छन्।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले तत्काल आवश्यक पर्ने स्वास्थ्य सामग्रीको सूचीलाई अन्तिम रूप दिने कार्य भइरहेको बताए। प्रवक्ता पाण्डेले भने, ‘चीन र भारतबाट औ’षधिको सूची र मूल्य प्राप्त भएको छ। आवश्यकताअनुसार चीन र भारत दुवै मुलुकबाट खरिद गर्छौं।’
औ’षधि र स्वास्थ्य सामग्रीको अन्तिम सूची बनेपछि रक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्नेछ। मन्त्रिपरिषद्ले औपचारिक रूपमा औष’धिको सूची र त्यसको मूल्य पारित गरेपछि स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया सुरु हुनेछ। मन्त्रिपरिषद्ले औ’षधि र स्वास्थ्य सामग्रीको पेमेन्ट मोडालिटीसमेत तयार गर्नेछ। मन्त्रिपरिषद्ले औ’षधि र स्वास्थ्य सामग्रीको सूची पारित गरेपछि सोहीअनुसार बजेट उपलब्ध गराउनेछ।
जंगी अड्डाले ती मुलुकलाई पठाएको पत्रमा औ’षधि र स्वास्थ्य सामग्रीको सूचीसमेत पठाएको थियो। चीनको सरकारी कम्पनीले सेनाले किन्ने स्वास्थ्य सामग्री तयार पार्दै छ। ऊ विश्वका ८० मुलुकमा कोरोना भाइरस रो’कथाम र निय’न्त्रणका लागि औ’षधि सप्लाई गर्ने क्रममा छ। उक्त कम्पनीको नेपाल ८१ औं लिस्टमा छ। खरिद प्रक्रिया सेनालाई दिने मन्त्रिपरिषद्ले निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागमार्फत समेत स्वास्थ्य सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ।
निजी क्षेत्रबाट खरिद गर्दा भ्रष्टा’चार भयो भनेर सेनालाई खरिद गर्ने जिम्मा दिएको अवस्थामा स्वास्थ्य मन्त्रालय स्वयंले फेरि निजी क्षेत्रबाट स्वास्थ्य सामग्री खरिद प्रक्रिया अगाडि बढाउनु लज्जा’स्पद भएको भन्दै त्यसको चौतर्फी आलो’चना भइरहेको छ।
ओम्नी समूहसँगको खरिद सम्झौता खा’रेज गरे पनि उक्त कम्पनीलाई का’लोसूचीमा राख्ने र उसको धरौ’टी जफ’त गर्ने काम भएको छैन। ओम्नीलाई का’लोसूचीमा राख्न भएको बि’लम्व र ध’रौटी ज’फत नहुनुले उक्त कम्पनीसँग मन्त्रीहरूको साँठगाँठ स्पष्ट भएको भन्दै सरकारको आलो’चना भइरहेको छ।








