कोरोनाका कारण अमेरिकामा सबैभन्दा बढीको ज्यान गयो


काठमाडौं, ३० चैत : कोभिड-१९ का कारण सबैभन्दा बढी नागरिक गुमाउने देश अमेरिका भएको छ । अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या साढे २० हजार नाघेसँगै सबैभन्दा बढी नागरिक गुमाउने देश रुपमा रहेको हो । त्यसपछि भने इटली नै रहेको पाइएको छ ।
वल्डोमिटरका अनुसार विगत २८ घण्टामा अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार ६ सय ६७ पुगेको छ। त्यहाँ एकै दिन ३० हजार बिरामी थपिएका छन्। अमेरिकामा हिजो मात्रै १८ सय ३० जनाको ज्यान गएको छ।



अमेरिका पछि बेलायतमा मृत्यकको संख्या एकै दिन सबै भन्दा बढी छ। बेलायतमा ९ सय १७ पुगेको छ। त्यहाँ मृत्यु हुनेको संख्या ९ हवार आठ सय पुगेको छ। अमेरिकामा संक्रमितको संख्या पाँच लाख ३९ हजार ८ सय ७९ छ।

यो सँगै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ लाख ७९ हजार पुगेको छ। वल्डोमिटरका अनुसार कोरोना संक्रमणबाट १ लाख ८ हजार ७ सय ७० जनाको मृत्यु भइसकेको छ। त्यस्तै, ४ लाख २ हजार ६ सय ५९ जना उपचारपछि निको भएका छन्।
पछिल्लो समय कोरोना संक्रमणको उच्च दर अमेरिकामा देखिएको छ। भारतमा संक्रमितको संख्या आठ हजार ४ सय ४६ छ भने २ सय ८८ जनाले ज्यान गुमाइसकेका छन्।








