डडेल्धुरा अस्पतालमा आईसोलेसन वार्डबाट बिरामी भागे


डडेल्धुरा, ३० चैत : डडेल्धुरामा कोरोना भाइरस (कोभिड १९) को आशंका गरिएका दुई जना अस्पतालको आईसोलेसन वार्डबाट भागेका छन् । भारतबाट फर्किएर डडेल्धुरा अस्पतालको आइसोलेसनमा राखिएका दुई जना शनिबार दिउँसो भागेका हुन् ।
कोरोना आशंकामा आईसोलेन वार्डमा भर्ना गरिएका उनीहरू भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीशचन्द्र विष्टले बताए । उनीहरुको चार दिन अघि नमूना संकलन गरेर काठमाडौँ पठाईएकोमा रिर्पोट अहिले सम्म नआएको डाक्टर विष्टले बताए ।



अस्पतालबाट भागेका उनीहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका स्थानीय रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनीहरुको खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।








