बैशाख १५ गतेसम्म लकडाउन


काठमाडौं, २ बैशाख : नेपाल सरकारले लकडाउनलाई थप यहीँ बैशाख १५ गतेसम्म लम्बाउने निर्णय गरेको छ । गत वर्षको चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेकोमा त्यस पछि दुई पटक थपिएको लकडाउनको समय बुधबार सकिन लागेको अवस्थामा फेरि १२ दिन थपिएको हो।
हिजो र आज मात्रै नेपालमा थप ४ जनामा कोरोना भाइरसको सं’क्रमण भेटिएका छन् । कैलालीकी एक महिला र रौतहटका एक युवकमा कोरोना भाइरसको सं’ क्रमण भेटिएको हो ।



काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा समेत दुईजना कोरोना सं’क्रमित भेटिएपछि लकडाउनलाई लम्ब्याउने निर्णयसहित थप क’डाइ गर्ने नीति लिएको हो।

नेपालमा कोरोना भाइरसबाट सं’क्रमित हुनेको संख्या १६ पुगेको छ। पहिलो पटक चीनबाट आएका एक युवामा देखिएको सं’क्रमण अहिले देशका विभिन्न जिल्लामा देखिएको छ।
कोरोना भाइरसका कारण सुदूरपश्चिम प्रदेशमा पाँचजना, गण्डकी प्रदेशमा दुई जना, प्रदेश-२ मा चार जना र काठमाडौंमा दुई जना उपचाररत छन् । एक जना भने उपचारपछि घर फर्किसकेका छन्।
तीव्रगतिमा कोरोना फैलिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ वैशाख अर्थात मे ३ तारिखसम्मलाई लकडाउन लम्ब्याउने घोषणा गरेका छन् । भारतसँग खुल्ला सीमाना भएको नेपालमा पनि अझै उच्च सत’र्कता बढाउन लकडाउन थपिएको हो।








