अमेरिकामा पछिल्लाेपटक १ घण्टामा १ सयकाे दरले मृ’त्यु हुँदै

काठमाडाैं : कोरोना भाइरस (कोभिड–१९) काे संक्रमणबाट अमेरिकामा २४ घण्टा भित्र २६ हजार ९ सय संक्रमित थपिँदा २४ सय जनाकाे ज्यान गएको छ । यसरी हेर्दा काेराेनाका कारण अमेरिकामा पछिल्लाेपटक १ घण्टामा १ सयकाे दरले मृ’त्युदर बढेकाे पाइएकाे छ । समाचार तयार पार्दासम्म अमेरिकामा संक्रमितको कुल संख्या ६ लाख १३ हजार नाघेको छ । जसमध्ये २६ हजार जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा ३८ हजार ८ सय निको हुँदा ५ लाख ४९ हजार संक्रमितको उपचार भइरहेको छ । जसमध्ये साढे १३ हजारको अवस्था गम्भीर रहेको वर्ल्डमीटर इन्फोले जनाएको छ । अमेरिकामा सबैभन्दा बढी न्यू योर्क राज्य प्र’भावित छ । त्यहाँ संक्र’मितको संख्या २ लाख नाघ्दा १० हजार ८ सय व्यक्तिले ज्यान गुमाएका छन् ।

त्यस्तै, न्यूजर्सी राज्यमा ६८ हजार संक्रमित पुग्दा २८ सयको ज्यान गइसकेको छ । गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरमा देखिएको कोरोनाबाट विश्वका २१० भन्दा बढी देश प्रभा’वित भइसकेका छन् ।

बुधबार बिहानसम्म कोरोनाबाट १९ लाख ९८ हजार १ सय ११ संक्रमित हुँदा १ लाख २ट हजार ६ सय चार जनाले ज्यान गुमाइसकेका छन् । यस्तै, ४ लाख ७८ हजार ६ सय ५९ जना संक्रमित उपचारपछि निकाे भएर घर फर्किएका छन्

सम्बन्धित खवर

Back to top button