कोरोनाबाट संक्रमित हुने संख्या अमेरिकामा ६ लाख नाघ्यो


एजेन्सी, ३ बैशाख : अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट सं’क्रमित हुने संख्या ६ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्याङ्क अनुसार अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख आठ हजार नाघेको छ । साथै मृ’त्यु हुने मानिसहरुको संख्या पनि २५ हजार ९ सय ८१ पुगेको छ ।
सीएनएनका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा दुई हजार १ सय २९ भन्दा धेरै मानिसको मृ’त्यु भएको छ । यो संख्या अमेरिकामा एकैदिनमा मृ’त्यु हुने अहिलेसम्मकै उच्च संख्या हो । अमेरिकाको न्युयोर्क राज्यमा मात्र संक्र’मितको संख्या दुई लाख नाघिसकेको छ भने यो राज्यमा १० हजारभन्दा धेरै मानिसको मृ’त्यु भइसकेको छ ।



कोरोना भाइरसको म’हामारी फैलिएसँगै पहिलोपटक अमेरिकाको सबै राज्यमा आप’तकालको घोषणा गरिएको छ । कोरोना भाइरसको कारण अहिले विश्वभर १९ लाख ८० हजार भन्दा धेरै मानिस भाइरसबाट संक्र’मित भइसकेका छन् भने एक लाख २६ हजारभन्दा धेरै मानिसको यो भाइरसको कारण मृ’त्यु भइसकेको छ ।








