मृ’त्यु संस्कारका लागि मात्रै सवारी पास


काठमाडौं, ३ बैशाख : मृ’त्यु संस्कारका लागि बाहेक काठमाडौं जिल्ला प्रशासनले सवारी पास वितरण बन्द गरेको छ । कार्यालयले आज एक सूचना प्रकाशन गरी परिवारका सदस्यको मृ’त्यु संस्कारमा जाने बाहेक अन्य प्रयोजनको लागि सवारी पास वितरणमा रो’क लगाइएको जनाएको हो।
पासको माग अत्यधिक बढ्नुका साथै भी’डभाड बढेकोले लकडाउनसमेत उ’ल्लंघन हुने अवस्था आएकाले बुधबारदेखि पास वितरण कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशन गरी जानकारी गराएको छ ।

सूचनामा उल्लेख गरिए अनुसार परिवारका सदस्यको मृ’त्यु संस्कारमा जाने व्यक्तिहरुलाई बाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने स्पष्ट पारेको छ । कोरोना भाइरसलाई दृष्टिगत गर्दै सरकारले वैशाख १५ गतेसम्म लकडाउन घोषणा गरेको छ।











