नजिकैकाे विद्यालयबाट एसईई दिन पाउँने तयारी गर्दै राष्ट्रिय परीक्षा बाेर्ड


काठमाडौं, ३ बैशाख : परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) नजिकैको विद्यालयबाट परीक्षा दिने मिल्ने तयारी गरेको छ । कोरोना भाइरसको म’हामारी सामान्य भए पछि चालु शैक्षिक वर्षलाई अ’सर नपर्ने गरी नतिजा प्रकाशित गर्न एसईई परीक्षा नजिकैको विद्यालयमा परीक्षा दिने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
घरबाट टाढा नभएको विद्यालयमा परीक्षा दिने बिषयमा छलफल भइरहेको र त्यसका लागि आवश्यक पर्ने परीक्षा केन्द्रबारे जानकारी गराउन सम्बन्धित विद्यालयलाई बोर्डले आ’ग्रह गरेको छ ।



बोर्डले ३ दिनभित्र परीक्षा निय’न्त्रण कार्यालयको कक्षा १० को इमेल ठेगाना slcoce@hotmail.com मा पठाउन आ’ग्रह गरेको छ । कक्षा ११ र १२ को हकमा पनि यहीँ नियम लागू हुने भन्दै बोर्डले विवरण तयार पारी राष्ट्रिय परीक्षा बोर्डमा ईमेल गर्न आ’ग्रह गरेको छ ।








