लकडाउनलाई थप क’डाइ, वैशाख १८ सम्म आन्तरिक उडान स्थागित


काठमाडौं, ३ बैशाख : सरकारले लकडाउनलाई क’डाइ गर्दै कोरोना भाइरस (कोभिड–१९) को परीक्षण, पहिचान र उपचारलाई तीव्रता दिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) स’ङ्क्रमण रो’कथाम तथा नि’यन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले लकडाउनको अवस्थामा अनावश्यक रुपमा हुने आवागमनलाई क’डाइ गर्ने भएको हो ।
समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय एवं कोभिड १९ स’ङ्क्रमण रो’कथात तथा नि’यन्त्रण उच्चस्तरीय समन्वय समितिका सचिव नारायण प्रसाद विडारीले स’ङ्क्रमण फैलिन नदिन लकडाउनलाई प्र’भावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘स’ङ्क्रमण रो’ग ऐन–२०२०’ अनुसार थु’नामा राख्ने सम्मको का’रबाही गरिने निर्णय भएको बताए ।



स’ङ्क्रमितको संख्या बढेकोले बढीभन्दा बढी संख्यामा परीक्षण गरी स’ङ्क्रमितलाई पहिचान गर्ने र उ’पचारमा जाने निर्णय भएको समेत उनले जानकारी दिए । उनले जो’खिमको सम्भावना बढी देखिएको स्थानमा परीक्षणलाई बढाउने निर्णय भएको बताए ।
डेडिकेटेड अस्पताल नारायणी प्रादेशिक अस्पताल
यसबाहेक बैठकले वीरगन्जमा रहेको नारायणी प्रादेशिक अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा विकास गर्ने र आवश्ययक उपकरणहरु थप गर्ने निर्णय पनि गरेको छ । यसबाहेक त्रिभुवन विश्व विद्यालयमा रहेको एक थान पीसीआर मेसिन प्रदेश २ सरकारलाई उपलब्ध गराउने निर्णय भएको समेत सचिव विडारीले बताए ।
सचिव विडारीले बैठकले औ’षधी र स्वास्थ्य सामग्री एवं उपकरणहरुको आयातको क्रममा निजी क्षेत्रबाट आयात गर्ने कुरालाई सहजीक’रण गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रायल मातहतको निकायबाट खरिद गर्ने प्रकृयालाई निरन्तरता दिने, सरकार/सरकारबीचको प्रकृयाबाट ल्याउने कार्यलाई पनि अगाडि बढाउने निर्णय बैठकले गरेको जानकारी दिए ।
परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट चीनको सम्बन्धित निकायमा पत्राचार भइसकेको र तीन चरणको भिडियो कन्फ्रेन्स मार्फत छलफल भएर सामग्री ल्याउन लागिएको उनले जनाए । बैठकले आपूर्तिलाई सहज राख्ने र सुरक्षालाई क’डाइ गर्ने कुरालाई स’मन्वयात्मक ढंगले लैजाने र भन्सार ना’कामा सहज र सुरक्षित बनाउने निर्णय समेत गरेको छ । सचिव विडारीले वस्तुगत रुपमा राह’त पाउन योग्य भनेर निर्धारण गरिएका व्यक्तिहरुलाई रा’हत उपलब्ध गरिने निर्णय भएको बताए ।
वैशाख १८ सम्म आन्तरिक उडान स्थागित
सचिव विडारीले आन्तरिक उडानलाई समेत वैशाख १८ गते (अप्रिल ३०) सम्म स्थागित गरिएको समेत बताए । यस्तै समितिले संयुक्त राष्ट्र संघ अन्तर्गत अफगानिस्तानमा रहि काम गर्दै आएका नेपाली नागरिकहरुलाई उ’द्धार गर्ने निर्णय समेत गरेको छ । उनले संयुक्त राष्ट्र संघको वि’शेष अ’नुरोध रहेकाले उपयुक्त पद्दतिबाट उ’द्धार गर्ने निर्णय भएको बताए ।








