पूरै परिवारलाई एउटा मास्क, दुई वर्ष पुरानो नुन

रोल्पा, ४ वैशाख : विश्व भरी नै म’हामारीको रुप लिइरहेको कोरोना भाइरस(कोभिड-१९) ले नेपालमा पनि अ’सर पुर्‍याएको छ । विश्वका अधिकांश देशले लकडाउनको नीति लागू गरेका छन् । नेपालले पनि त्यसलाई लागू गरेको छ । अघिल्लो वर्षको चैत ११ गतेबाट देश पूरै लकाडाउनमा छ ।

सरकारले कोरोना रोकथामका लागि लकडाउन बढाएसंगै दैनिक ज्याला मजदुरी गरिखाने तथा विपन्न बर्गहरुमा भने अहिले अभाव खड्किन थालेको छ । यसै अभावबीच सरकारले एकद्वार प्रणालीमार्फत राह’त वितरण गर्ने कार्ययोजना बनाए लगत्तै स्थानीय तहवाट रा’हत वितरण हन थालेको छ ।

दुई वर्ष पुरानो नुनको प्याकेट ।

राहतमा कतै कुहिएको चामल त कतै नुन मात्रै बांडेको समेत समाचारहरु आईरहेका छन । यसैबीच रोल्पा जिल्लाको परिवर्तन गांउपालिकाले भने यो सबै कुराहरुको रेकर्ड नै तो’डेको छ । वडा नम्बर ५ मा एक परिवारलाई एउटा मात्रै मास्क बांडिएको छ । त्यति मात्रै होईन वडाले बाँडेको नुन समेत दुईबर्ष पुरानो भेटिएको छ ।

स्थानीयहरुका अनुसार प्याकिङ्ग मिती सन २०१८/०२ रहेको छ भने यो नुन दुई बर्ष भित्र प्रयोग गर्नुपर्ने हुन्छ । यस बिषयमा वडाध्यक्ष सुकबहादुर बुढा (थमन)लाई सम्पर्क गर्दा आशा नामक संस्थाले बाँडेको भन्ने सुन्नमा आएको र पूरा जानाकारी आफूलाई पनि नभएको बताए । उनका अनुसार यदि यस्तो हो भने आफूले छानविन गर्ने बताए ।

सम्बन्धित खवर

Back to top button