‘कोरोनाको म’हामारी फैलिएका देशबाट आफ्ना नागरिक फिर्ता ल्याउनू’


काठमाडौं, ४ वैशाख : कोरोना भाइरस (कोभिड-१९) को म’हामारी फैलिएका देशबाट आफ्ना नागरिक फिर्ता ल्याउन सर्वोच्च अदालतले सरकारको नाममा अ’न्तरिम आ’देश जा’री गरेको छ । सर्वोच्च अदालतले कोरोना भाइरसको म’हामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउने आवश्यक व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आ’देश जा’री गरेको हो ।

बिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले यस्तो आ’देश जा’री गरेको हो । कोरोना भाइरसको महा’मारी फैलिएसँगै विदेशी मुलुकहरुले पनि आफ्ना नागरिक फिर्ता ल्याइरहेको सन्दर्भमा यस्तो आ’देश दिएको हो ।

‘नेपाल आउँछौ, क्वारेन्टाइनमा बसौँला, परदेशमा भोकै म’र्न लाग्यौँ’ सर्वोच्चले विदेशमा श्रम गरिरहेका नेपालीलाई फर्काउन दबा’बसमेत आएको सन्दर्भमा उचित व्यवस्थापन गरी फिर्ता ल्याउन भनेको हो।

कोरोना महा’मारी फैलिएका देशमा रोजगारीमा रहेका नेपालीहरुको अव’स्थाबारेको प्रति’वेदन तयार गर्न पनि सर्वोच्चले सरकारलाई भनेको छ ।











