कुनै समस्या भए सम्पर्क गर्न कांग्रेस डडेल्धुराको अनुरोध

डडेल्धुरा, ४ वैशाख : नेपाली कांग्रेस डडेल्धुराले जिल्लावासीलाई कुनै समस्या भए आफुलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गर्दै उक्त समयमा कुनै समस्या भए डडेल्धुरावासीलाई कांग्रेस डडेल्धुरालाई गुहार्न अनुरोध गरिएको छ।

बिहिबार कांग्रेस डडेल्धुराले एक जानकारी पत्र जारी गर्दै जिल्लामा रहेका आफ्नो कार्यसमितिका पदाधिकारी, पालिका समिति, वडा समिति तथा भातृ संगठनहरु परिचालित रहेकाले अप्ठ्यारोमा परेका नागरिकलाई सम्पर्क गर्न अनुरोध गरेको हो।

सम्पर्कका लागि नेपाली कांग्रेस डडेल्धुराले पदाधिकारीको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ।

सभापतिः मा. कर्णबहादुर मल्ल, ९८५१०८३५७५
उपसभापतिः श्री करुणाकर भट्ट, ९८५८७५३५८८, ९८४८८०५५८८
कार्यालय सचिवः श्री रामबहादुर बिष्ट ०९६४२०१६९, ९८४८९८३०५९, ९८४८६७८५३१

सम्बन्धित खवर

Back to top button