बिहीबारसम्म १९ हजार जनामा कोरोना परीक्षण

काठमाडौं, ५ वैशाख : बिहिवारसम्म देशभर करिब १९ हजार बढीमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरिएको छ। पीसीआरबाट ७ हजार २४० र्‍यापिड टेष्ट किटबाट १२ हजार १९२ गरी जम्मा १९ हजार ४३२ परीक्षण गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्र देशभर पीसीआरबाट ३६९ वटा र्‍यापिड टेष्ट किटबाट ३ हजार २६३ परीक्षण गरिएको जनाएको छ।

मन्त्रालयमा बिहीबार आयोजित नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवम् स्वास्थ्य समन्वय महाशाखा प्रमुख डाक्टर विकास देवकोटाले हालसम्म ६९ वटा जिल्लामा र्‍यापिड टेष्ट किटबाट परीक्षण थालिएको बताए।

उनले ताप्लेजुङसहितका बाँकी ८ जिल्लामा पनि छिट्टै परीक्षण सुरु गरिने जानकारी दिए। बिभिन्‍न जिल्ला र्‍यापिडटेष्ट किटबाट हालसम्म गरिएका सबै परीक्षणको रिपोर्ट नेगेटिभ आएको पनि उनले जनाए।

मन्त्रालयकाअनुसार आज देशभर ४९०१ क्‍वारेन्टीनमा रहेका छन्। त्यस्तै देशभर कूल १०३ जना आइसोलेसमा छन्। तीमध्ये काठमाडौंमा ८ जना र काठमाडौंबाहिर ९५ जना रहेका छन्।

सम्बन्धित खवर

Back to top button