ट्रम्पद्वारा ‘ओपनिङ अप अमेरिका अगेन’ योजना सार्वजनिक


काठमाडौं, ५ वैशाख : कोरोना भाइरसबाट प्र’ताडित अमेरिकाले ‘ओपनिङ अप अमेरिका अगेन’ योजना सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा सामान्य जनजीवन सुरु गर्नको लागि तीन चरणको प्र’स्ताव गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले ‘ओपनिङ अप अमेरिका अगेन’ योजना सार्वजनिक गर्दै स्कुल र कार्यालय फेरि खोल्नको लागि तीन चरणको प्रस्ताव पेस गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै सबै राज्यले यी सुझावको बारेमा विचार गर्न पनि ट्रम्पले आ’ग्रह गरेका छन् ।



योजना अनुसार सबै चरण कम्तीमा पनि १४ दिन लागू हुनेछ । लामो समय अर्थव्यवस्था ब’न्द गर्नु कोरोना स’ङ्कटसँग ल’ड्ने उचित उपाय नभएकाले अघि बढ्नुपर्नेमा उनको जो’ड छ ।
योजनाको पहिलो चरणमा सामाजिक दुरी कायम गर्दै स्कुल र कार्यालय खोल्ने उल्लेख छ । यसो गर्दा राज्यमा स’ङ्क्रमण हुने दर कम भए दोस्रो चरणको बारेमा सोच्न सकिने राष्ट्रपति ट्रम्पको भनाइ छ । योसँगै सीमित सङ्ख्यामा कर्मचारीलाई कार्यालय जाने दिने तर ५० जनाभन्दा धेरै मानिस एक ठाउँमा जम्मा हुन भने पाउने छैनन् ।
तेस्रो चरणमा सबै कार्यालय सामान्य रुपमा खोल्न अनुमति दिइने खबरमा उल्लेख छ ।
अमेरिकामा काेराेना भाइरसकाे स’ङ्क्रमणबाट ३२ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ भने ६ लाख ६७ हजारभन्दा धेरै स’ङ्क्रमित भएका छन् ।








