राउटे समुदायलाई लकडाउनले गर्दा छाक टार्न समस्या


डडेल्धुरा, ६ बैशाख : डडेल्धुराको परशुराम नगरलापिका वडा न. १२ आमपानी बस्तिमा वस्दै आएका राउटे जातिहरु लकडाउन ले गर्दा दैनिक खानपिनको समस्या भएको बताएका छन । उनिहरु छाक टार्न जंगल तिर गएर गिठा, तरुल, भ्याकुर र कन्दमूल खोज्न बाध्य भएका छन ।
दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने राउटे समुदाय कोरोना भाईरसका कारण नेपाल लकडाउन भए पछि तरुल, भ्याकुर र कन्दमूल खोजि गदै दैनिक छाक टार्दै आइरहेका छन ।



केहि दिनका लागि रासन पानी जोहो गरे पनि लकडाउन लम्विएपछि उनिहरु जंगलमा गएर खानेकुरा खोज्न बाध्य भएका हुन । करीब ६० घर परिवार भएको राउटे बस्तीमा आर्थिक अभावका कारण भोकमारी वढेपछि उनिहरु गाउँदेखी करीब चार किलोमिटर माथि पर्ने चुरे नजिक को जंगलमा गई खानेकुरा खोज्न बाध्य भएका हुन ।
परशुराम नगर पालिका ले राहतको रुपमा एक परिवार बराबर १० केजी चामल लगायतका खाद्य वस्तु दिएपनि त्यसले परिवार लाई तिन दिन पनि खान नपुगे पछि आफू हरू जंगल मा गएर गिठा, तरुल, भ्याकुर र कन्दमूल खोजेर पेट भर्न बाध्य भएको स्थानिय चंद्र सिं राउटे ले बताए ।
परशुराम नगरपालिकाका नगर प्रमुख भीम बहादुर साउद ले भने आफुहरुले राउटे समुदाय लगायत नगरपालिका भित्रका सबै विपन्न परिवारहरुलाई पहिलो चरण को राहत बितरण गरिसकेको र अब फेरि अर्को राहत को कार्यक्रम ल्याउने तयारी गरिरहेका बताए । केहि दिन यता जंगलमै वसोवास गरिरहेका राउटे परिवारलाई स्थानिय प्रशासनको सहयोगमा परशुराम नगरपालिकाले वस्तीमै फर्काएको छ ।








