नेपालमा सङ्क्रमितको संख्या ४५ पुग्यो

काठमाडाैं, १० वैशाख : नेपालमा कोरोना (काेभिड-१९) सङ्क्रमित हुनेकाे संख्या ४५ पुगेको छ । यस अघि ४२ जनामा काेराेना संक्रमण देखिएकाेमा आज थप दिन जनामा काेराेना पुष्टि भएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप तीन जनामा कोरोना पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण भएको जानकारी दिए । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परिक्षण गरिएको थियो ।

नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ पुगेकोमा बुधबारसम्म सात जना निको भएर अस्पतालबाट डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

सम्बन्धित खवर

Back to top button