कुवेतमा थप पाँच जना नेपालीमा काेराेना संक्रमण

काठमाडाैं, १० वैशाख : बुधबार कुवेतमा थप पाँच जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव जानकी ओझाले आज थप पाँच जना नेपाली काेराेना संक्रमित भएकाे जनाकारी दिइन् । यो सँगै कुवेतमा सङ्क्रमित नेपालीको संख्या २९ पुगेको छ । यसअघि कुवेतमा २४ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

उनले सङ्क्रमित नेपालीको उपचार भइरहेको जानकारी दिइन् । कुवेतले आफ्ना नागरिक सरह नै सेवा दिइरहेको दूतावासको भनाई छ । नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीका देश र मलेसियामा अहिलेसम्म ९४ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ । ६ जना भने निको भएर काममा फर्किएका छन् ।

बहराइनमा ४९, यूएईमा ११, साउदीमा ४, कुवेतमा २९ र मलेसियामा १ जना गरी जम्मा ९४ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको छ । यसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा एक गरी ६ जना निको भएर काममा फर्किएका छन् ।

यूएईमा एक नेपाली महिलामा मृ’त्युको चार दिनपछि कोरोनाका कारण मृ’त्यु भएको अस्पतालले पुष्टि गरेको थियो । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार मृ’त्युको कारण कोरोना हो भनेर आधिकारिक पत्र भने दूतावासमा आइसकेको छैन ।

सम्बन्धित खवर

Back to top button