धनगढीको हाटबजारमा जताततै ५० को नोट फालेको भेटियो


धनगढी, १० बैशाख : कैलाली जिल्लाको धनगढीमा रहेको त्रिनगर हाटबजारमा ५० रुपैयाँको नोट फालेको अवस्थामा विभिन्न ठाउँमा
फेला परेको हो ।
विभिन्न ठाउँमा नोट फेला परेपछि स्थानिय त्रसित बनेका छन् । केहि समय अगाडी उदयपुरमा यसरी नै भारतिय जमातिहरुले कोरोना फैलाउने उद्धेश्यले १० रुपैयाँका नोट छर्दै हिँडेका थिए ।
धनगढीको त्रिनगर हाटबजारमा नोट फेला परेपछि कतै कोरोना फैलाउने षडयन्त्र हो कि भनेर आम सर्वसाधरणमा त्रास उत्पन्न भएको छ ।



यद्यपि उक्त नोटहरु फालेको हो वा हराएको भन्ने कुरा भने पुष्ठि भएको छैन । यस बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।








