डडेल्धुरामा पाटे बाघ देखियो : क्यामरा जडान सुरु

बैशाख १२, धनगढी : डडेल्धुराको महाभारत क्षेत्रको भागेश्वर करिडोरमा दुर्वल पाटेबाघको समुद्री सतहदेखि २५ सय मिटरको उचाइमा पाटेबाघको इमेज ट्रयाप भएपछि दोस्रो चरणको अध्ययन गर्न ३० जोडी क्यामेरा जडान गरिएको छ।

तराई तथा भूपरिधि कार्यक्रम, विश्व वन्यजन्तु कोष र डिभिजन वन कार्यालय डडेल्धुराको आयोजनामा भागेश्वर करिडोरमा पाटेबाघलगायत अन्य वन्यजन्तुको उपस्थितिको दोस्रो चरणको अध्ययन गर्न क्यामेरा जडान गरिएको हो।
अध्ययन परशुरामधाम सबडिभिजनअन्तर्गत पर्ने वनक्षेत्र (महाकाली नदीको किनारासम्म र साविकको शीर्ष गाविस) र भागेश्वर सब डिभिजनअन्तर्गतको रुपाल क्षेत्रसम्म गरिने डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए।

उनका अनुसार शुक्रबारदेखि एक महिनाका लागि ३० जोडी क्यामेरा राखिनेछन्। ट्रयापिङ गर्नमा स्थानीय सरकारका प्रतिनिधि, स्थानीय सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज, सम्बन्धित सामुदायिक वनका उपभोक्ताहरुलाई सहयोग गर्न आग्रहसमेत गरेका छन्।

यसअघि ६ मार्चदेखि ६ अप्रिलसम्म महाभारत वन क्षेत्रमा वन्यजन्तुको अध्ययन गर्ने क्रममा पाटेबाघ क्यामेरा ट्रयापिङमा परेको थियो।
तराई भूपरिधि कार्यक्रम, विश्ववन्यजन्तु कोष नेपालको आर्थिक एवं प्राविधिक सहयोग र डिभिजन वन कार्यालय डडेल्धुराले संयुक्त रूपमा पाटेबाघको उपस्थितिलाई समेत यकीन गर्न ३२ जोडी क्यामेरा राखिएको थियो।

सम्बन्धित खवर

Back to top button