चार कोरोना संक्रमित सहित सुदूरपश्चिमका अस्पतालबाट १०६ जना डिस्चार्ज

धनगढी, १३ वैशाख : बिभिन्न अस्पतालबाट सुदूरपश्चिमका एक सय ६ जना डिस्चार्ज भएका छन्। सेती प्रादेशिक अस्पतालबाट चार जना कोरोना संक्रमित र बाँकी सेती अस्पताल लगायत विभिन्न अस्पतालबाट एक सय २ जना शंकास्पद गरी अहिले सम्म एक सय ६ जना बिरामी डिस्चार्ज भएका हुन्।

सेती प्रादेशिक अस्पतालबाट अहिले सम्म ३९ जना, बयलपाटा अस्पताल अछामबाट १४ जना, डडेल्धुरा अस्पतालबाट १२ जना र अछाम जिल्ला अस्पतालबाट १० जना डिस्चार्ज भएका छन्।

महाकाली र डोटी अस्पतालबाट ६/६, बैतडी र बाजुरा अस्पतालबाट चार/चार, भजनी अस्पतालबाट तीन, गोकुलेश्वर अस्पताल, बाजुरा अस्पताल र चौमला स्वास्थ्य चौकीबाट २/२ जना, टीकापुर र बझाङ अस्पताल तथा कोल्टी स्वास्थ्य चौकीबाट १/१ जना शंकास्पद बिरामीलाई डिस्चार्ज गरिएको छ।

प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीका अनुसार कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो। अहिले सम्म चार जना कोरोना संक्रमित पनि डिस्चार्ज भएर घर फर्किएका छन्।

अहिले सेती प्रादेशिक अस्पतालबाट धनगढी उप–महनगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय कोरोना संक्रमित महिलाको उपचार भईरहेको छ। यस्तै प्रदेशभरी सात हजार एक सय १२ जना अटाउने क्वारेन्टाईन स्थापना गरिएकोमा आज सम्म दुई हजार दुई सय १९ जनालाई क्वारेन्टाईनमा राखिएको प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले जनाकएको छ।

सम्बन्धित खवर

Back to top button