थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

वीरगञ्ज, १४ वैशाख : वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरू पर्सा वीरगंजका ५० वर्षीय पुरुषहरू हुन्। यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ ।

उनीहरूलाई अस्पतालको आइसोलेसनमा उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणको क्रममा ती दुईजनाको नतिजा पोजिटिभ पाइएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

संक्रमितहरु मध्ये हालसम्म १२ जना निको भएर घर फर्किसकेका छन्। विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या २ लाख नाघिसकेकाे छ । नेपालमा पनि यसकाे जाेखिम बढेपछि लकडाउनकाे नीति लागू गरिएकाे छ । २०७६ चैत ११ गतेबाट जारी लकडाउन अहिलेसम्म कायम नै छ ।

सम्बन्धित खवर

Back to top button