‘संक’टविरुद्ध जु’धिरहेको सरकारलाई घे’राबन्दी गरियाे’- सूर्य थापा


काठमाडाैं, १४ वैशाख : नेकपाभित्र चुलिँदो शक्ति संघर्षसँगै प्रधानमन्त्री केपी ओली समूह प्रधानमन्त्रीको प्रतिरक्षामा जुटेको छ । प्रधानमन्त्री ओलीको प्रतिरक्षामा रहेका केही नेता रणनीति निर्माणमा जुटेका छन् भने केही नेता र सल्लाहकार सामाजिक सञ्जालमा सक्रिय भएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ रणनीति निर्माणमा जुटेका छन् ।
उनीहरूले ओली समूह मात्रै होइन, असन्तुष्ट नेताहरूसँग पनि लगातार संवाद गरिरहेका छन् । उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि ओलीनिकट नेताहरू सक्रियतापूर्वक प्रतिरक्षामा उत्रिएका हुन् । ओलीनिकट मानिने नेकपाका एक स्थायी कमिटी सदस्यले आफूहरूबीच नियमित छलफल भइरहेको र अर्को पक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) र माधवकुमार नेपाल समूहको गतिविधिमाथी नजर राखिएको बताए ।



प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले त संक’टविरुद्ध जु’धिरहेको सरकारलाई घे’राबन्दी गरिएको दा’बी नै गरेका छन् । प्रधानमन्त्री ओलीका सल्लाहकारको यो दाबीसँगै नेकपाभित्र ठूलै तनाव भएको स्पष्ट संकेत आएको त छ नै प्रधानमन्त्रीका सहयोगीहरूको प्रतिरक्षाको रणनीति पनि उजागर भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाका नाममा स्थिरताविरुद्ध चलखेल भएको पनि दा’बी गरेका छन् ।
‘हङ पार्लियामेन्ट भयो भनेर नेपाली जनताले दुईतिहाई संख्यामा नेकपालाई जिताइदिए, नांगो भागबन्डाले त हङ पार्टी पो भएछ १ जनमतको घोर अपमान, भागबन्डाको स्वाभाविक परिणाम । पार्टी एकता र त्यसपछिका सहमतिविपरीत ष’ड्यन्त्र र छलछामहरू गर्ने सिलसिलाको पराकाष्ठा । कोरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरुद्ध जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घे’राबन्दी गरेर स्थिरताविरुद्ध जारी चलखेल, नेकपाको नाममा’ थापाले आइतबार फेसबुकमा लेखेका छन् ।
“हङ्ग पार्लियामेन्ट भयाे भनेर नेपाली जनताले दुई तिहाई संख्यामा नेकपालाई जिताइदिए, नाङ्गो भागबण्डाले त हङ्ग पार्टी पाे भएछ ! जनमतकाे घाेर अपमान, भागबन्डाको स्वभाविक परिणाम । पार्टी एकता र त्यसपछिका सहमतिहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछामहरू गर्ने सिलसिलाकाे पराकाष्ठा । काेरनाका कारण उत्पन्न राष्ट्रिय संकटविरूद्द जुधिरहेकाे र सफल ढंगले काम गरिरहेकाे सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्द जारी चलखेल, नेकपाकाे नाममा !
लज्जाशरणम् !!”
उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन सुझाएको भोलिपल्ट प्रधानमन्त्रीका प्रेस सल्लाहकारको यस्तो टिप्पणी आएको हो । जसले नेकपाभित्र गहिरिँदो शक्ति संघर्षलाई उजागर गरेको छ । उता प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिने पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि पार्टीभित्र बहुमतको अंकगणितको कुनै सान्दर्भिकता नरहेको भन्दै प्रधानमन्त्रीको प्रतिरक्षामा उत्रिएका छन् । बाँस्कोटाले भनेका छन्, गणितले राजनीतिको होइन, राजनीतिले गणितको फैसला गर्छ ।’
नेकपामा बहुमत स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गरेको तथा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीको राजीनामा मागेकै वेला ओलीनिकट नेता बाँस्कोटाले पार्टीभित्रको अंकगणितको कुनै अर्थ नरहेको बताएका हुन् । उनले नेकपामा ओलीविनाको चित्र कस्तो होला भनेर ओलीबाहेक अन्य समूहका नेताहरूलाई प्रश्न गरेका छन्।
उनले सामाजिक सञ्जालमा आइतबार लेखेका छन्, ‘ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन् भने तिनीहरूले चाहेको सबल नेकपाको चित्र कस्तो होला त ? गणितले राजनीतिको होइन, राजनीतिले गणितको फैसला गर्छ। तिनाउको किनारमा रामापिथेकसको नलीहाड खोजेर बसेको भए मञ्जुश्रीले काठमाडौंमा बस्ती नै बसाउन सक्ने थिएनन्।’
बाँस्कोटाको स्टाटसमा बहुमतको निर्णय मान्न प्रधानमन्त्री ओली बाध्य नहुने संकेत छ । नेकपामा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको बहुमत छ । संसदीय दलमा पनि प्रचण्ड र नेपाल पक्षको बहुमत छ । यही अंकगणितको चर्चा–परिचर्चा भैरहदा ओलीका विश्वासपात्र मानिने बाँस्कोटाले गणितले राजनीतिको होइन, राजनीतिले गणितको फैसला गर्ने अर्थपूर्ण टिप्पणी गरेका हुन् ।








