प्रचण्ड र झलनाथ खुमलटारमा रणनीति बनाउँदै

काठमाडौं, १५ वैशाख : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा उत्पन्न पछिल्लो गतिरोधबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको छ । सोमबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको भेटमा स्थायी समिति बैठक नबोलाइएको अवस्थामा के गर्ने भन्नेबारेमा छलफल भएको नेकपा स्रोतले बताएकाे छ ।

भेटमा वरिष्ठ नेता खनालले तत्कालै सचिवालय बैठक बोलाएर स्थायी समिति बैठकको मिति तोक्न ढिला गर्न नहुने समेत बताएका थिए। यसअघि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको थियो।

ओली र नेपालको छलफलपछि अहिले नेपाल निवास कोटेश्वरमा ओली र नेपाल पक्षीय नेताहरू छलफल गरिरहेका छन्। सत्तारूढ नेकपाको विवादका विषयमा वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा निर्णायक छलफल सुरू भएको छ।

काेटेश्वरमा माधब नेपाल पक्ष र ओलीपक्षबीच छलफल भइरहेकाे बेला खुमलटारमा प्रचन्ड र खनालबीच भएकाे भेटबार्तालाइ थप रणनिति निमार्णका रूपमा हेरिएकाे छ ।

सम्बन्धित खवर

Back to top button