पूर्वकप्तान अजर अलीकाे ब्याट र जर्सी लिलामीमा

काठमाडाैं, १७ बैशाख : पाकिस्तानको टेस्ट टिमका कप्तान अजर अलीले वेस्ट इन्डिजविरुद्ध तीन शतक बनाउँदा प्रयोग गरेको क्रिकेट ब्याट र जर्सी लिलामी गर्ने भएका छन्। विश्वभर २ लाख १८ हजारभन्दा बढी मानिसको ज्यान लिएको कोरोना भाइरसविरुद्ध ल’ड्नका लागि पैसा उठाउन उनले कीर्तिमानी ब्याट र जर्सीको लिलामी गर्न लागेका हुन्।

अलीले क्रिकेट ब्याट र जर्सी दुवैको सुरुआती मुल्य १० लाख पाकिस्तानी रुपैयाँ राखेका छन् । मे ५ मा लिलामीको समय सकिनेछ। अलीले पाकिस्तानको २०१७ को च्याम्पियन्स ट्रफी यात्रामा लगाएको त्यो जर्सीमा टोलीका सम्पूर्ण खेलाडीको ‘अटोग्राफ’ पनि समेटिएकाे छ।

‘मैले मेरा लागि एकदमै नजिकका दुई चिजलाई १० लाखका दरले अक्सनमा राखेको छु,’ अलीले भनेका छन्, ‘यसबाट आएको पैसाले म यो महामारीबाट शिकार भएकालाई सहयोग गर्नेछु।’

‘यो लिलामी सुरु भइसक्यो र यो मे ५ को राति ११:५९ मा सकिनेछ,’ उनले भनेका छन्, ‘पाकिस्तानले २०१७ मा च्याम्पियन्स ट्रफी जित्दा मैले लगाएको जर्सीमा त्यसबेलाका सम्पूर्ण खेलाडीको अटोग्राफ पनि छ।’

सम्बन्धित खवर

Back to top button