रोल्पामा ब’म वि’स्फोट हुँदा चार बालबालिकाकाे मृ’त्यु


राेल्पा, १८ वैशाख : रोल्पामा ब’म वि’स्फोट हुँदा ४ बालबालिकाकाे ज्यान गएकाे छ । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ स्थित गैरीगाउँ भन्ने स्थानमा रहेको गहुँबारीमा ब’म वि’स्फोट हुँदा ४ जना बालबालिकाको घटनास्थलमा नै मृ’त्यु भएको रोल्पाका प्रहरी नायब उपरिक्षक डिसपी चित्रबहादुर गुरुङले बताएका छन् ।

ब’म वि’स्फोटमा परि मृ’त्यु हुनेमा ५ वर्षदेखि १६ वर्षका बालबालिका रहेका छन् । ५ वर्षिय विजय खत्री, ११ वर्षिय विमला खत्री, १३ वर्षिय गौरब नेपाल र १४ वर्षिय लोकीराम डाँगीको घटनास्थलमा नै मृ’त्यु भएको डिसपी गुरुङले बताए । बेबारिसे अवस्थामा फेला परेको ब’म उनीहरुले खेलाउने क्रममा वि’स्फोट भएको प्रहरीले आ’शंका गरेकाे छ ।
वि’ष्फोट भएको उक्त ब’म ‘टु ईन्च मोटर’ रहेको प्रहरीको आ’शंका छ । मृ’तक ४ जना बालबालिका गहुँबारीमा बाख्रा चराउन जाँदा उक्त वस्तु फेला परेर खेलाउँदा वि’ष्फोट भएको थियो ।यसबारेमा थप अनु’सन्धान भइरहेको प्रहरीले जनाएको छ ।











