विभिन्न अट्कलबाजीका बीच किम जोङ सार्वजिक कार्यक्रममा

काठमाडौं, २० वैशाख : उत्तर कोरियाली तानशाह किम जोङ उनको विषयमा विभिन्न अट्कलबाजी भैरहेको बेला उनी सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्य अवस्थालाई लिएर गरिएका विभिन्न अड्कलबाजीका बीच एक सार्वजनिक कार्यक्रममा उनी २० औँ दिनमा देखिएपछि सबै अचम्मित बनेका छन् ।

११ अप्रिल देखि नदेखिएको र हजुरबुवाको जन्मजयन्ती समारोहमा पनि नदेखिएको भन्दै आम मानिसहरुले उनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न आँकलन गरेका थिए ।

उत्तर कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज (केसीएनए)ले दिएको खबर अनुसार शुक्रवार एक कार्याक्रममा उनी सहभागी भएका थिए ।

प्योङयाङको दक्षिणी क्षेत्रमा रहेको सुनचोन प्रान्तमा निर्माण गरिएको एक फर्टिलाइजर फ्याक्ट्रीको निर्माण समापन पछिको उद्घाटन कार्यक्रममा शुक्रवार किम सहभागी भएको केसीएनएले जनाएको हो।

केसीएनएले जनाए अनुसार नेता किम जोङ उनले फर्टिलाईजर फ्याक्ट्रीको रिबन काटेर कार्यक्रम उद्घाटन गरेका थिए ।

उनलाई देखेपछि त्यहाँ उपस्थित मानिसहरुले तालीले उनको स्वागत गरेको उत्तर कोरियाको सरकारी मिडियाले बताएको छ । केसीएनए न्यूजका अनुसार किम जोङ उन आफ्नी बहिनी किम यो जो र थुप्रै विशिष्ट अधिकारीसँग थिए ।

तर, सरकारी मिडियोको यो रिपोर्टको स्वतन्त्र रुपमा पुष्टि भने हुन सकेको छैन, किनभने उक्त कार्यक्रमको कुनै पनि तस्वीर सार्वजनिक भएका छैनन् ।

सम्बन्धित खवर

Back to top button