लकडाउन उल्लङ्घन गरी चलाईएका सवारीसाधन प्रहरी नियन्त्रणमा


धनगढी, २२ वैशाख : सुदूरपश्चिममा लकडाउनको उल्लङ्घन गरी चलाईएका झण्डै दुई हजार पाँच सय सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदेशका ९ वटै जिल्लाका विभिन्न स्थानमा लकडाउनको उल्लङ्घन गर्दै चलाईएका दुई हजार चार सय ९८ वटा सवारी साधन नियन्त्रणमा लिईएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर श्रेष्ठले लकडाउनको उल्लङ्घन गरी चलाईएका एक हजार बढि मोटरसाईकल, बस, ट्रक, ट्रयाक्टर लगायतका सवारी साधन नियन्त्रणमा लिईएको बताए।



नियन्त्रणमा लिईएकाहरु मध्ये अधिकांशलाई सम्झाईबुझाई गरी छोडिएको छ भने केहीलाई प्रचलित कानून अनुसार जरिवाना समेत तिराईएको छ।
प्रदेशमा ट्राफिकले मात्र नभई जिल्ला प्रहरी कार्यालयहरुले समेत सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरेकाले उक्त संख्या तलमाथि हुनसक्ने प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।








