मेरो माइक्रोफाइनान्स कोहलपुर शाखाद्वारा सहयोग हस्तान्तरण

बैशाख २६,कोहलपुर :- मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था शाखा कार्यालय भवानिपुर बाँकेले कोहलपुर नगरपालिकाको बिपत व्यवस्थापन कोषमा गरिब,असायाह तथा कोरोनाबाट प्रभावित बिपन्न परिवारलाइ खाद्यान्न सहयोगका लागि आर्थिक सहयोग गर्ने उदेश्यले कोहलपुर नगरपालिकालाइ सहयोग रकम हस्तान्तरण गरेको छ।

बिषेश गरि संस्थाले कोहलपुर नगरपालिका मार्फत श्री राम माध्यामिक विधालयमाको क्वारेन्टीनमा बसेका ६७ जनाको खाना तथा अन्य आवश्यक सामाग्रीको लागि भन्दै रु. २५,०००/ (अक्षरेपी पच्चीस हजार मात्र) को चेक हस्तान्तरण गरेको हो ।

उक्त चेक संस्थाका शाखा प्रबन्धक पुर्ण प्रसाद शर्मा
ले नगर- प्रमुख लुट बहादुर रावतलाई हस्तान्तरण
गरेका छन।

प्रबन्धक शर्माले मेरो माइक्रोफाइनान्सले देशका बिभिन्न शाखाहरूबाट सरकारलाई सक्दो सहयोग गरिरहेको र सदैव बिपन्न समुदायको जिबनस्तर उकास्न एवं देशको बिषम परिस्थितिमा सक्दो साथ दिन हरदम प्रयास गर्ने जनाउदै आँउदा दिनहरुमा पनि संस्थाले अहम भुमिका खेल्ने बिचार ब्यक्त गरका छन।
नगरप्रमुख रावतले संस्थाको सहयोग ग्रहण गर्दै संस्थाको अपेक्षा बमोजिम राहात बितरण गरिने भन्दै धन्यवाद दिएका थिए।

सम्बन्धित खवर

Back to top button