चिनियाँकाे दाबी ‘सगरमाथा चीनमा पर्छ’

काठमाडौं, २८ वैशाख : एकातिर भारतले खुलेआम सीमाना अतिक्रमण गर्दै गर्दा अर्काेतर्फ चीनले पनि सगरमाथा चीनमा पर्ने दाबी गरेकाे छ । चीनकाे सरकारी मिडियाले उक्त कुरा उल्लेख गरेकाे हाे । काेराेनासँग लडिरहेकाे नेपाल अहिले चौतर्फी संकटमा परेको छ । छिमेकी भनिएका चीन र भारत दुबैले नेपालको भूमि अतिक्रमण गर्न थालेका हुन् ।

भारतले लिपुलेक अतिक्रमण गरेर ८० किलोमिटर सडक बनाएपछि नेपाल र भारतचबीच तिक्तता बढिरहेका बेला चीनले समेत नेपालको सगरमाथालाई आफ्नो भनेर दाबी गरेको हाे ।

चिनियाँ सरकारी मिडिया सीजीटिएनले नेपालको सगरमाथालाई आफ्नो भनी दाबी गरेको हो । आइतबार प्रकाशित समाचार र तस्बीरमा ‘चोमोलोङ्मा’ अर्थात माउन्ट एभरेस्ट तिब्बतमा पर्ने उल्लेख गरेको छ । सीजिटिएनमा चिनियाँ सरकारका आधिकारिक कुरा मात्र आउने गर्छन् ।

सगरमाथालाई चीनले समेत दाबी गरेपछि अब नोपलले एकसाथ भारत र चीनसँग अधिकारका लागि लड्नुपर्ने परिस्थिति आएको छ । जबकि सगरमाथा नेपालको भएकोमा दुईमत छैन । नेपाल स्वतन्त्र अन्तराष्ट्रिय व्यक्तित्वकाे हैसियत प्राप्त मुलुक हाे तर छिमेकी भनिएका दायाँबायाँकै देशबाट याे देशकाे राष्ट्रियता र सार्वभाैम अधिकार माथि हस्तक्षेप गर्ने प्रयास भैरहेकाे छ ।

सम्बन्धित खवर

Back to top button