सीमा अतिक्रमणकाे विराेधमा नेपाल र भारतका प्रधानमन्त्रीकाे पुत्ला दहन


काठमाडाै, २९ वैशाख : भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा युवाहरुले काठमाडौंमा दुवै देशका प्रधानमन्त्रीको पुत्ला जलाएका छन्।सोमबार दिउँसो काठमाडौँको माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको पुत्ला दहन गरेका हुन्।
दार्चुलाको लिपुलेकमा भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि केही दिनदेखि राजधानीमा विरोध प्रदर्शन भइरहेको छ । युवाहरुले शनिबार बानेश्वरमा र आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। विरोध गर्ने २५ जना आइतबार माइतीघर, थापाथली र बानेश्वरबाट पक्राउ परेका थिए।



त्यसअघि शनिबार पनि बानेश्वरबाट ३० जनालाई प्रहरीले पक्राउ गरेको थियो । सोमबार पनि विरोध प्रदर्शन गर्ने केहीलाई प्रहरीले गिरफ्तार गरेको छ।








