थप एकजनामा काेराेना संक्रमण


काठमाडौं, १ जेठ : नेपालमा आज थप एकजना काेराेना संक्रमित फेला परेका छन् । नवलपरासी पूर्वमा थप एकजना कोरोना संक्रमित फेला परेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित नवलपरासी जिल्लाको देवचुली नगरपालिका-१२ का ४९ वर्षीय पुरुष हुन्।



उनको भरतपुरस्थित कोभिड ल्याबमा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। उनी स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको अधिकारीले बताएका छन्।









