तिंकरमा प्रहरी परिचालन गरियाे

मौसमी अनुकुलता र भौगोलिक अवस्था सामान्य रहे छाङ्‍रुबाट उक्त टोली भोलि वा पर्सिसम्म तिंकर पुग्ने दार्चुलाका डिएसपी पदमबहादुर बिस्टले जानकारी दिए । उनीहरु पैदलै १२ किमी पर रहेको तिंकर पुग्‍नेछन् ।

दार्चुला, २ जेठ : नेपाल सरकारले कालापनानी क्षेत्रकाे तिंकरमा पनि प्रहरी खटाइएकाे छ । दार्चुलाको ब्याँस गाउँपालिकास्थित छाङ्‍रुमा २५ जना सशस्त्र प्रहरीसहितको बोर्डर आउट पोस्ट स्थापना गरेपछि सरकारले तिंकरमा पनि प्रहरी पठाएको हाे । १२ जनाको टोलीलाई तिंकर पठाइएको दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा नेपाली सेनाको हेलिकोप्टरबाट ८१ जना प्रहरी टोली छाङ्‍रुमा उतारिएको छ । बाँकी तीनजना प्रहरी छाङ्‍रु नजिकैको अर्को गाउँ दुम्लिङबाट दुई दिनको पैदल यात्रापछि छाङ्‍रु पुगिसकेका छन् ।

२१ मध्ये ९ जनाको प्रहरी टोली छाङ्‍रुमै बस्‍ने भएको छ । खलंगाबाट छाङ्‍रुमा नेपाली सेनाको हेलिकोप्टरले आठ पटकसम्म ओसारेर सशस्त्रको २५ जना र नेपाल प्रहरीको १८ जनाको टोली उतारेको हो । साथमा उनीहरुका लागि आवश्यक बन्दोबस्तीका सामान र खाद्यान्‍न पनि छाङ‍रुमा झारिएको छ।

जटिल भौगोलिक अवस्थितिका कारण हेलिकप्टरले थोरै तौलमात्रै बोक्दा ८ पटकसम्म लागेको थियो । छाङ्‍रु पुगेका २१ मध्ये सईको नेतृत्वमा १२ जना तिंकरतर्फ प्रस्थान गर्ने भएका छन् । मौसमी अनुकुलता र भौगोलिक अवस्था सामान्य रहे छाङ्‍रुबाट उक्त टोली भोलि वा पर्सिसम्म तिंकर पुग्ने दार्चुलाका डिएसपी पदमबहादुर बिस्टले जानकारी दिए । उनीहरु पैदलै १२ किमी पर रहेको तिंकर पुग्‍नेछन् ।

असईको नेतृत्वमा छाङ्‍रुको नीतिकुण्ड (सीतापुल सीमा नजिक) ९ जनाको प्रहरी चौकी शुक्रबादेखि नै बसेको छ । सरकारले सशस्त्रसँगै २१ जनाको नेपाल प्रहरीको टोली पनि भारतीय सीमा क्षेत्रमा थपेको जनाइएकाे छ ।

सम्बन्धित खवर

Back to top button