चाैतर्फी दवावपछि मात्रै शंकास्पद मृत्युकाे जाहेरी दर्ता

पाँच महिनाकी गर्भवती रहेकी जेनिसा विरामी समेत नभएर एकैपटक मृत्यु भएकाे खबर पाएपछि माइती पक्ष झस्केका थिए ।

जाजरकाेट, २ जेठ : शंकास्पद मृत्युकाे किटानी जाहेरी दर्ता गर्न नमानेकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले अन्तत: दर्ता गरिदिएकाे छ । जिल्लाको बारेकोट ६ ताँसी निवासी २२ बर्षिया जेनिसा नेपालीको गत २७ बैशाखमा शंकास्पद मृत्यु भएको घट्नाकाे किटानी जाहेरी चौतर्फी दवाव पछि प्रहरीले दर्ता गरेकाे हाे ।

विभिन्न सञ्चार माध्यममा किटानी जाहेरी नगरेकाे भन्दै समाचार प्रकाशन भैसकेपछि मात्रै किटानी जाहेरी दर्ता गरिएको हाे । बुधवार किटानी जाहेरी सहित मुद्धा दर्ता गर्न गएका मृतकका माइतीलाई प्रहरीले किटानी जाहेरी नै दर्ता नगरेर फिर्ता गरिदिएको थियो ।

कुशे ६ नारे माईती घर भएकी जेनिसाको २०७२ मंसिरमा बारेकोट ६ ताँसीका अविनास विकसँग विवाह भएको थियो । पाँच महिनाकी गर्भवती रहेकी जेनिसा विरामी समेत नभएर एकैपटक मृत्यु भएकाे खबर पाएपछि माइती पक्ष झस्केका थिए । त्यो स्वभाविक मृत्यु नभई हत्या भएको भन्दै किटानी जाहेरीका लागी बुधवार जिल्ला प्रहरी कार्यालय पुगे पनि त्यहाँ किटानी जाहेरी दर्ता हुन सकेन ।

बहिनीकाे अस्वभाविक मृत्यु भएपछि न्यायकाे लागि अगाडी बढ्न खाेजेकाे जेनिसाका दाइ प्रवीण नेपालीले बताए । उनले भने “पेट दु:खेर मृत्यु भयो भनिएकी बहिनीको शरीरमा निलडाम भएको, मुख र नाकबाट रगत बगेको, कन्चटमा निलो दाग देखिएपछि घरपरिवारको नाममा किटानी जाहेरी गर्न खोज्दा प्रहरीले लिन मानेको थिएन । ढिलै भएपनि मुद्धा दर्ता भएको छ न्याय पाउने आश छ ।”

उता प्रहरीले भने घटनाबारे अनुसन्धान भैरहेकोले मुद्धा दर्तामा ढिलाई भएको जनाएको छ ।

सम्बन्धित सामग्री

https://satkarpost.com/2020/05/15/19884/

https://satkarpost.com/2020/05/14/19837/

https://satkarpost.com/2020/05/10/19616/

सम्बन्धित खवर

Back to top button