अरुकै इशारामा लिपुलेकको विषय उठाएको भारतीय सेना प्रमुखको आरोप

काठमाडौं, ३ जेठ : भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवानेले नेपालले अरुको इशारामा लिपुलेकको विषय उठाएको आरोप लगाएका छन् । उनले एक कार्यक्रममा बोल्दै नेपालले भूमि मिचिएको विषय अरुको इसारामा उचालेको हुन सक्ने आरोप लगाएका हुन् ।

भारतीय रक्षा मन्त्रालय अन्तर्गतको थिङ्क ट्याङ्क द मनोहर पर्रिकार इन्स्टिच्युट अफ् डिफेन्स स्टडिज एण्ड एनालाइसिस आइडीएसएले गरेको कार्यक्रममा उनले नाम उल्लेख नगरि नेपालले लिपुलेकको मुद्दा अरु कसैको इसारामा उचालेको आरोप लगाएका हुन् ।

उनले नेपाली भूमि काली नदी पूर्व रहेको तर भारतले बनाएको बाटो पश्चिममा रहेको दाबी गर्दै भारतले बनाएको सडकबारे नेपाली पक्षले आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको दाबी गरेका छन् । सेना प्रमुख नरवानेले यो सडक कैलाश मानसरोवर जाने तीर्थयात्रीका लागि छोटो भएकाले यसमा कुनै विवाद नरहेको धारणा राखे ।

भारतले गएको हप्ता नेपाली भूमि हुँदै निर्माण गरेको ८० किलोमिटरको बाटो उद्घाटन गरेपछि नेपालले आपत्ति जनाउँदै आएको छ । तर भारतले भने सडक आफ्नै भूमिमा बनेको दाबी गर्दै आएको छ ।

विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुहोस् 

https://www.thehindu.com/news/national/new-kailash-mansarovar-road-nepal-may-have-raised-issue-on-someone-elses-behest-says-army-chief/article31590732.ece?homepage=true&fbclid=IwAR3Zjm0THPPvJSP8jCfHKjMn1bHeTNa_aSr-FF2dqwAYxqz6BOgiidwLCqA

सम्बन्धित खवर

Back to top button