फेरि थपिए ६ कोरोना संक्रमित


काठमाडौं, ३ जेठ : आज शनिबार नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका हुन् ।



यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । हालसम्म ३६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।








