आजै थप ३ जनामा काेराेना पुष्टि, संक्रमित संख्या २७६


“संक्रमितहरू कपिलवस्तुका २५, ३४ र ४४ वर्षीय पुरुषहरु रहेकाे जनाइएको छ”
काठमाडौं, ३ जेठ : नेपालमा आजै थप ३ जनामा काेराेना संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे पछिल्लो अपडेट अनुसार ३ जनामा संक्रमण पुष्टि भएको हाे ।



प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा ३ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । संक्रमितहरूमा कपिलवस्तुका २५, ३४ र ४४ वर्षीय पुरुषहरु रहेकाे जनाइएको छ।
संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारी जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ। उपाचारपछि ३६ जना निकाे भएर घर फर्किएका छन् ।









