बैतडीमा थप ४ जनामा कोरोना संक्रमण, सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ पुगेको

बैतडी, १० जेठ : सुदूरपश्चिममा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा दिएको जानकारी अनुसार ४ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा बैतडीमा ४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाकाले बताए ।

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । यसअघि हिजो मात्रै कैलालीका ३, डडेल्धुरामा १ र बैतडीमा १ जनाको कोरोना संक्रमण देखिएको थियो । यसअघि संक्रमण देखिएका ५ जना भने निको भएर घर गईसकेका छन ।

सम्बन्धित खवर

Back to top button