जाजरकाेट अस्पताललाई पूर्वसांसद शाहले गरे सात लाख मूल्यकाे स्वास्थ्य सामग्री सहयाेग


जाजरकोट, १० जेठ : पूर्वसांसद तथा कुमारी ट्रष्टका अध्यक्ष राजीव विक्रम शाहले शनिबार सदरमुकाम खलंगा पुगेर जिल्ला अस्पताललाई ७ लाख मूल्यकाे स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । प्रमुख जिल्ला अधिकारी जनक राज पन्त, अस्पताल विकास समितिका अध्यक्ष धर्मशीला वस्नेत र जिल्ला स्थित सरोकारवालाहरुको उपस्थितमा शाहले अस्पतालमा नै पुगेर अत्यावाश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
शाहले जिल्ला अस्पताललाई प्यासेन्ट बेड वीथ म्याट्रेस, प्यासेन्ट मनिटर, इसीजी मेसिन, अक्सिजन कन्सन्टेटर, प्यासेन्ट ट्रली, नेपुलाइजर, डेलिभरी बेड लगाएतका स्वास्थ्य सामग्री दिएका हुन् । उनले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्व आक्रान्त भैइरहेको बेला विश्व मानवसमुदाय एकजुट भएर कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बताए ।



अमेरिकामा बस्दै आएकी माया राणाले बुवाकाे पुण्य तिथिकाे अवसरमा समाज सेवामा खर्च गर्नेगरी कुमारी ट्रष्टलाई दिएकाे रकमले कुमारी ट्रष्ट मार्फत कर्णाली प्रदेशलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न सफल भएको पूर्वसांसद शाहले बताए ।
अस्पताल विकास समितिका अध्यक्ष धर्मशीला बस्नेतले जाजरकोटमा कोरोना विरुद्ध लड्न थप मद्दत पुग्ने बताउँदै सहयोग गर्नु गरेकाेमा समाजसेवी तथा पूर्वसांसद शाहलाई धन्यवाद ज्ञापन गरिन् ।
उनले शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ७० लाख मूल्यकाे स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

सम्बन्धित सामग्री पढ्नुहाेस्
https://satkarpost.com/2020/05/22/20610/?fbclid=IwAR1lVf68HYVUkqYrk69vw6HQO_K5PG6tmDodkmzPwjl_SrDAXA0r_n5OGPk








