विश्वभर ५४ लाख बढी संक्रमित, अमेरिकामा ९८ हजार भन्दा धेरैले ज्यान गुमाए

काठमाडौं, ११ जेठ : महामारीकाे रुप लिइरहेकाे काेराेना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमितको संख्या ५४ लाख बढी पुगेको छ । वल्डेमिटरका अनुसार ५४ लाख ३ हजार ९ सय ७९ जना संक्रमित भएका छन् । जसमा ३ लाख ४३ हजार ९ सय ७५ जनाको ज्यान गएको छ।
२२ लाख ४७ हजार दुईस ३० जना उपचारपछि निकाे भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा १६ लाख ६६ हजारभन्दा बढी संक्रमित छन् । त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै एक लाख पुगेको छ। वल्डोमिटरको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १६ लाख ६६ हजार ८ सय १ जनामा संक्रमण पुष्टि हुँदा मृतकको संख्या ९८ हजार ६ सय ८३ पुगेको छ।

रुसमा ३ लाख ३५ हजार ३ सय ८२ जनामा संक्रमण भएको छ भने ३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ । ब्राजिलमा ३ लाख ४७ हजार ३ सय ९८ जना संक्रमित छन् भने २२ हजार ४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

बेलायतमा २ लाख ८२ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ हजार ६ सय ७५ छ। स्पेनमा २ लाख ८२ हजार ३ सय ७० जना संक्रमित पुगेका छन्। त्यहाँ २८ हजार ६ सय ७८जनाको ज्यान गएको छ।

इटालीमा ३२ हजार ७ सय ३५ जनाको मृत्यु भएको छ । त्यहाँ २ लाख २९ हजार ३ सय २७ संक्रमित रहेका छन् । भारतमा १ लाख ३१ हजार २ सय २३ जना संक्रमित रहेका छन भने त्यहाँ ३८ सय भन्दा बढी मानिसको ज्यान गइसकेको छ।

विश्वभर २२ लाख ४४ हजार ८ सय ५२ जना संक्रमित निको भइसकेका छन्। विश्वमा ५३ हजार भन्दा बढी मानिको अवस्था गम्भीर रहेको छ।

सम्बन्धित खवर

Back to top button